विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “आवश्यक पदार्थ” भन्नाले देहायको कुनै पदार्थ सम्झनुपर्छ :–
(१) धान र चामल, मकै, गहुँ, कोदो, जौ र तिनको पीठो, मैदा र त्यस्तै किसिमका अरु खाद्यान्न,
(२) रहर, मुगी, मास, मुसुरो, चना, केराउ, भटमास र तिनको पीठो र त्यस्तै किसिमका अरु खाद्यान्न,
(३) आलस, तोरी, सस्र्यू, तिल र तेल निकाल्नको निमित्त प्रयोग हुने त्यस्तै अन्य तेलहन र सबै किसिमका तेल,
(४) दूध र दूधबाट तयार हुने खाद्य पदार्थ,
(५) उखू र त्यसबाट पैदा हुने गुंड, सखर चिनी र अन्य त्यस्तै पदार्थ,
(६) सूती वा ऊनी लत्ता कपडा, कपास तथा ऊन,
(७) कच्चा जूट र त्यसबाट तयार भएका वस्तुहरु,
(८) मट्टितेल, पेट्रोल, डिजेल र सबै प्रकार लुब्रिकैण्ट,
(९) फलाम र फलामबाट तयार भएका वस्तुहरु,
(१०) सिमेण्ट, ईंट, जस्तापाता आदि निर्माणको निमित्त आवश्यक पर्ने वस्तुहरु,
(११) सवारीको साधनहरु र त्यस्ता साधनहरुको निमित्त आवश्यक टायर, टयूव, पार्ट पुर्जाहरु,
(१२) नून,
(१३) औषधी,
(१४) नेपाल सरकारले समय समयमा सूचित आदेशद्वारा आवश्यक पदार्थ भनी तोकेको
कुनै पदार्थ वा वस्तु ।
(ख) “सूचित आदेश” भन्नाले नेपाल सरकारको हकमा नेपाल राजपत्रमा र प्रदेश सरकारको हकमा प्रदेश राजपत्रमा प्रकाशित आदेश सम्झनुपर्छ ।